विराटनगरः मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण कार्यतालिकाअनुसार नै रहेको कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् । राई उपचारका लागि कात्तिक १६ विदेश गएपछि कार्की प्रदेश १ को कार्यवाहक मुख्य मन्त्री बनेका छन् ।

उनले राईको विदेश भ्रमणको विषयमा लिएर विवाद सिर्जना गर्न खोजिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका विषयप्रति ध्यानाकर्षण भएको र ती सबै सही तथ्यसङ्गत नभएको स्पष्ट पारेका छन् ।

शनिबार उनले मन्त्रालयमा सञ्चारकर्मीमाझ कुरा गर्दै विभिन्न अनलाइन पोर्टलले उल्लेख गरेअनुसार मुख्यमन्त्री राईको अमेरिका भ्रमण आकस्मिक र सुटुक्क नभएको दाबी गरेका हुन् । उनले मन्त्रिपरिषद बैठकबाट निर्णय भएअनुसार नै मुख्यमन्त्री निजी भेटघाटमा अमेरिका पुगेको जानकारी दिए ।

‘निजी खर्चमा स्वास्थ्य उपचारका लागि थाइल्याड केही दिन र बाँकी समय अमेरिका भ्रमण भनेर मैले क्याबिनेटको निर्णय सार्वजनिक गर्दै सञ्चारकर्मीलाई सुनाएकै हो,’ कार्कीले भने । उनले आपूmले निर्णय सुनाउँदा भेट भएका पत्रकारले यो कुरा स्पष्ट बुझेको बताए ।

मुख्यमन्त्री राईको थाइल्याण्डस्थित बुमुनग्राण्ड इन्टरनेशनल हस्पिटलमा चिकित्सकहरू सिरिचाइ निरमान्र्सकुल र सुथेप पटचरट्रकुलको निगरानीमा उपचार भएको प्रेस सल्लाहकार ध्रव सुवेदीले जानकारी दिएका छन् ।

राई कात्तिक २६ गते पुनः थाइल्याण्ड पुगेर चिकित्सकको रिपोर्ट बुझ्नेछन् भने भोलिपल्ट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।