कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले उचालेको छ ।

ब्राजिललाई उसको घरेलु मैदानमै १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधिमाथि कब्जा जमाएको हो । यससँगै अर्जेन्टिनाको कोपा अमेरिका फुटबल जित्ने २८ वर्ष लामो प्रतिक्षा समाप्त भएको छ । २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि जितेको अर्जेन्टिनाले यसअघि कोपा फुटबलकै १४ ओटा उपाधि जितिसकेको थियो । १५ औँ उपाधिका लागि भने अर्जेन्टिनाले कठोर प्रतिक्षा गर्नुपरेको हो । खेलको २२ मिनेटमा डी मारियाले गरेको गोलले अर्जेन्टिनालाई उपाधि चुमाएको हो । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीका लागि यो पहिलो सिनियर उपाधि हो । यसअघि सन् २००८ मा सम्पन्न बेइजिङ ओलम्पिकको उपाधि पनि अर्जेन्टिनाकै पोल्टामा परेको थियो ।