विराटचोकः मोरङको सुन्दरहरैंचमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बाटो पार गर्ने क्रममा शनिबार राति पौने १ बजेतिर मे १ च ४५२७ नम्बरको एम्बुलेन्सले को १६ प ९७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुन्दरहरैचा–१० बस्ने रोशन गजुरेलको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स तथा चालक भने प्रहरीको नियन्त्रणमा रहेको अस्थायी ट्रफिक पोष्ट विराटचोकका प्रमुख लीला श्रेष्ठले बताए ।