लालज्योती भन्दै पूर्वेली भाका लिएर आए गँगप्रसाद

  • श्रावण १, २०७८
  • १३३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः पूर्वेली लोक भाकामा गायक गँगाप्रसाद घिमिरेले आफ्नो नयाँ गीत लाल ज्योती...को भिडियो दर्शकमाझ ल्याएका छन् । विभिन्न चर्चित पूर्वेली लोकभाका गाएर आफुलाई लोक गायकको रुपमा स्थापित गरेका गायक घिमिरेले यो गीत पनि त्यत्तिकै कर्णप्रिय बनाएका छन् ।
गायक घिमिरेलाई यो गीतमा भानु ओली, रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन् । गीतमा भानु ओलीको संगीत रहेको छ । गीतको शब्द पनि भानुले नै तयार गरेका हुन् । यस अघि आफ्नो स्वरमा एक दर्जन गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेका गायक गँगाप्रसालले दर्शकको चाहना अनुसार यो नयाँ लोक भाका बजारमा ल्याएको बताए ।
अरुण उपत्यकाको लय भाकालाई सँकलन गरेर यो गीत तयार गरिएको छ । गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई रोहित लाम्गाडेले निर्देशन गरेका छन् । भिडियोको छायाँकन पनि रोहितकै हो ।
भिडियोमा मोडलहरु सुवोध रसाईली र अन्जली माझीको अभिनय रहेको छ । सुवोध र अन्जली दम्पतीको रुपमा यो गीतमा प्रस्तुत भएका छन् ।
उनीहरुको मेलापातसँगैको निम्नबर्गिय जीवन शैलीलाई भिडियोमा प्रस्तुत गरिएको छ । ढल्कँदो उमेरसँगै मानिसको मुहारको लालज्योती घट्दै जाने र मानिसको बैंश संधै नरहने प्रसँग यो गीतमा प्रस्तुत गरिएको गायक गँगाप्रसाद घिमिरेले बताएका छन् ।
आधा दशकदेखि लोक गायनमा सक्रिय गँगाप्रसाद यतीबेला आफुले यो गीत र यसको भिडियोबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् । उनी चाँडै अर्को नयाँ गीत पनि निकाल्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस

बीपी प्रतिष्ठानमा एक वर्षमा ४८ करोडसम्मको बेरुजु

धरानः उच्चस्तरीय कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रत ...

धनकुटाका जनप्रतिनिधिले सरकारी गाडी दुरुपयोग गरेको खुलासा

धरानः धनकुटाको साँगुरीगढी, शहीदभूमि र छथर जोरपाटी गाउँपालिकामा जनप्रतिनिधिले कार्यालयको नाममा रहेका ...

धरानमा ४८ सहित प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ ।  २ हजार ११९ जनाक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved