फाइल तस्बिर

इटहरीः वनभोज खाएर फर्किँदै गर्दा हिजो भएको दुर्घटनामा परी घाइतेभएका मध्ये ४ जनालाई विराटनगर रेफर गरिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत घाइतेमध्ये ४ जनालाई विराटनगर रेफर गरिएको प्रतिष्ठानस्थित प्रहरी पोष्टका सई तिलक कटुवालले बताए । कटुवालका अनुसार बेबिका चौधरी, विपाशाकुमारी चौधरी, प्रज्ज्वल चौधरी र प्रतीक्षा चौधरीलाई विराटनगर रेफर गरिएको हो । ‘प्रतिष्ठानमा आइसियु अभाव भएकाले उनीहरूलाई विराटनगर रेफर गरिएको हो’, कटुवालले भने, ‘अरु ११ जनाको प्रतिष्ठानमै उपचार भइरहेको छ ।’ अन्य सामान्य घाइते भने उपचारपछि घर फर्किसकेको उनले बताए ।

बेलका–८ स्थित रङ्गमहल भन्ने स्थानको घुमाउरो बाटोमा आइतबार दिउँसो को १ त ५८५० नम्बरको ट्याक्टर पल्टिएको थियो । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो ।