धरान: मेलिना मैनाली पछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्ड बाट बाहिरिएकी अर्की गायिका सुदिता राईलाई पनि आफ्नो वाचा अनुरुप राई इज किङ्ग राजेशपायल राईले आफ्नो संगीतमा युगल गीत गाउने मौका दिएका छन् ।

गीत रेकर्डिङ्गसँगै राजेशपायल राई र सुदिता राईको आवाजमा सजिएको ‘लगन’ गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ । प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई पृथक रेकर्ड्स स्टुडियोमा अनिल अधिकारी र विवेक रणपहेलीले रेकर्डिङ साथै गीतलाई राजु कार्कीले नै मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतमा गिटार सन्जीव सुब्बाले गिटार र रत्न विकले बाँसुरी बजाएका हुन् भने गीतको कोरसमा गायिकाद्वय दीपा तामाङ र संगीता रणपहेलीले स्वर दिएका छन् ।

katar2

 

यसैगरी, भिडियो छायांकन मनोज राई र दुर्गा बान्तवा राईले गरेका हुन् भने भिडियो सम्पादन मनोज राईले नै गरेका हुन् । गायक राजेश पायल राईको आफनै अफिसियल यु–ट्युब च्यानलमार्फत शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिएको उक्त भिडियो कतारमा समेत अहिले ट्रेन्डिङ्गमा रहेको छ भने मेलिना मैनालीसँगको गीत चोरी भो पनि सार्वजनिक भएको १० दिनपछि पनि अहिलेसम्म ट्रेन्डिङ्गमा रहेको छ ।