इटहरीः नेपालको तराई भूभागनजिकै सक्रिय रहेको न्यून चापीय मनसुनी वर्षा प्रणालीका कारण आज देशैभर मौसममा आंशिकदेखि पूर्ण बदली रहेको छ ।
हाल देशैभर वर्षा जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश, बाग्मति प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको छ । विभागमा अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अपिल गरेको छ ।