इटहरीः प्रदेश १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले इस्लाम धर्मावलम्बीको महान पर्व बकर इदका अवसरमा प्रदेशवासीका नाममा शुभकामना दिएका छन् ।

प्रदेश प्रमुख प्यासीद्वारा जारी शुभकामना सन्देशमा विविधताले युक्त हाम्रो देश नेपालका राष्ट्रप्रेमी धर्मावलम्बीहरुको महान चाडको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली इस्लाम दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्घि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना गरिएको छ । ‘कोरोना भाइरस ९कोभिड–१९० को महामारीले आक्रान्त पारिरहेको परिप्रेक्ष्यमा चाडपर्व मनाउनु र कोरोनाको सङ्क्रमणबाट आँफू बच्नु र अरुलाई बचाउनुपर्ने दायित्व सबैमा छ,’ सन्देशमा भनिएको छ, ‘बाँचे मात्र जीवनभरि हर्ष र चाडपर्व मनाउन पाइने भएकाले सम्पूर्ण महानुभावलाई अत्यन्तै सजकताका साथ चाडपर्व मनाउनुहुन अनुरोध गर्दछु ।’

बकर इद पर्वले नेपाली समुदायमा धार्मिक, साँस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्बर्धन तथा विकास गर्ने विश्वास उनले लिएका छन् । नेपाल सरकारले कोरोना भाइरसबाट बच्नका लागि निर्देशन गरेका भौतिक तथा सामाजिक दूरी कायम गर्ने, अनिवार्य माक्सको प्रयोग गर्ने, साबुन पानीले बारम्बार हात धुने र सेनिटाइजरको प्रयोग गर्ने कुरालाई सबैले पालना गर्नुपर्ने प्रदेश प्रमुख प्यासीको आग्रह छ । प्यासीले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निम्ति बकर इद पर्वबाट सबैमा प्रेरण मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।