इटहरीः नेपाल सरकारले आज चीनबाट कोरोना भाइरस विरुद्धको १० लाख डोज खोप आयातका लागि राष्ट्रिय ध्वजावाहक जहाज चीन पठाउने भएको छ ।

आज राति ११ः०० बजे नेपाल वायु सेवा निगमको जहाज खोप आयातका लागि चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार १० लाख डोज ल्याइसकेपछि भोलि साँझ १० लाख र आगामी शनिबार १० लाख डोज खोप आयातका लागि विमान पठाइनेछ । चीन सरकारबाट कोरोना विरुद्धको भेरोसेल खोपका ४० लाख डोज खरिद गरेको सरकारले सोमध्ये आठ लाख डोज मात्र नेपाल ल्याई प्रयोगमा ल्याएको छ ।

यसअघि विशेष सेवा क्षेत्रमा आबद्ध फ्रन्टलाइनरहरुलाई मात्र छनौट गरी खोप उपलब्ध गराइरहेको सरकारले अब भने खोप वितरणलाई व्यापक बनाउँदै सबै नागरिकलाई समेट्दै जाने लक्ष्य लिएको छ ।