इटहरीः सुनसरी धरान उपमहानगरपालिका ८ स्थित तीनकुनेबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान १६ का १९ वर्षीय कुमार तामाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो राति ८ः०० बजे अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधि स्पास्पेन एक हजार पाँच सय ट्याब्लेट र ट्रामोल ५० एक हजार पाँच सय ट्याब्लेटसहित पक्राउ गरेको हो १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । पक्राउ परेका तामाङउपर इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।