इटहरीः उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय कृष्ण चौधरी र २० वर्षीय धिरज चौधरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो अपराहन्न ३ः०० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउनसुगर ७४० मिलीग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै अभियुक्तहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत उदयपुरको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।