इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक महिलाको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका १५ घर भएकी ४० वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार असार ३० गते कोरोना संक्रमण पुष्टि भई ३१ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएकी महिलाको उपचारका क्रममा आज बिहान ०८ः५० बजे ज्यान गएको हो । मृतक महिलामा कलेजोसम्बन्धी दीर्घकालीन समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।