इटहरीः गृह मन्त्रालयले देशभर लामो तथा मध्यम दूरीका सवारी सञ्चालनमा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

त्रिभूवन विश्वविद्यालय, लोक सेवा आयोगजस्ता निकायको परीक्षा तालिका सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने विद्यार्थी तथा परीक्षार्थीको आगमनलाई मध्यनजर गर्दै सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न परिपत्र गरिएको हो । साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यातायात सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको उल्लेख गर्दै देशभरका सबै जिल्ला प्रशासन कार्यालयसहित प्रहरीलाई सहजीकरणका लागि परिपत्र गरिएको गृह मन्त्रालयका शाखा अधिकृत रामबहादुर केसीले बताए ।

सार्वजनिक यातायात सञ्चालन गर्दा सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

hh