इटहरीः देशभरका सार्वजनिक यातायात व्यवसायीहरु विभिन्न माग राखी आन्दोलनमा उत्रिएका छन् ।

विभिन्न सात बुँदे मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरुले आज ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागको कार्यालय घेराउ गर्ने भएका छन् । यातायात क्षेत्रमा आबद्ध व्यक्तिलाई कोरोना विरुद्धको खोप दिनुपर्ने, यातायात भाडा समायोजन गर्नुपर्ने, ट्याक्सीको पहिलो कल समायोजन गर्नुपर्ने, २० वर्ष पुगेका सवारीको अवधि थप्नुपर्ने, यातायात बिमा छुट दिनुपर्नेजस्ता माग राखी भइरहेको आन्दोलनको अगुवाइ सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गरिरहेको छ ।

यातायात व्यवसायीको आन्दोलनकै कारण आज काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् । व्यवसायीले सवारी सडकमा पार्किङ गरेर राखेका छन् ।

akfjlkdmgm