इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत १७ वर्षीय कोरोना सङ्क्रमित किशोरको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीकै गढी गाउँपालिका घर भएका किशोर रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार हिजो कोरोना संक्रमण पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएका उनको हिजै साँझ ज्यान गएको हो । मृतक किशोरमा कुनै दीर्घकालीन समस्या नरहेको प्रतिष्ठानले जनाएको छ ।