धरानः सुनसरीको धरानमा नेपाल कम्युनिष्ट पार्र्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति दिवसमा नेकपा एमाले धरानका युवा संघले तारा सुब्बा स्मृति पार्कमा वृक्षारोपण गरेको छ ।

उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका प्रभावशाली नेता स्वर्गीय तारा सुब्बाको स्मृतिमा निर्माण गरिएको पार्कमा वृक्षरोपण कार्यक्रम गरेर मनाइएको छ । पुष्पलाल स्मृति दिवसमा युवाहरुले पार्टीलाई एक हुन सन्देश दिदै पार्टी विभाजनले पार्टी नै ध्वस्त हुने भएकाले नेतृत्वलाई समझदारीका साथ काम गर्न धरानका युवाले आग्रह गरेका छन् ।

received_3013102378956211

 

जिल्ला अध्यक्ष रमेश बस्नेतको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य प्रकाश राई, नारायण सुवेदी, राजमणी निरौला, रेवतिरमण राई लगायत कार्यकर्ताहरुको सहभागितामा वृक्षारोपण गरिएको हो । विभिन्न जातका १ सय वटा बोटविरुवाहरु रोपिएको युवा संघका धरान उपमहानगर अध्यक्ष कुमार भारतीले जानकारी दिए ।

 

received_1247810458998719