इटहरीः नेपाल प्रहरीको प्रदेश १ का १४ ओटा जिल्लामा रहेका विभिन्न युनिटहरुबाट गत आर्थिक वर्ष २०७७र७८ मा ७ हजार ३ सय ८४ मुद्दा दर्ता तथा ४० करोड भन्दा बढी राजश्व संकलन भएको छ ।

समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थको अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । गत आर्थिक वर्षको १२ महिनाको अवधिमा ७ हजार ३ सय ८४ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कारबाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरी ७३५ बर्ष कैद भुक्तान भई , ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी तीन हजार पाँच सय १६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने एक हजार सात सय ८९ किलो एक सय ११ ग्राम गाँजा बरामद भएको छ ।

 यसैगरी, विभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको छ । अन्य विभिन्न किसिमका मनोद्धिपक औषधिहरु २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ । यसैगरी, २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेति फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी, भन्सार चोरी निकासीतर्फ अवैध रुपमा सामान चोरी निकासी गर्ने १९० जना मानिस पक्राउ गर्नुका साथै १९ करोड ०१ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने १७० जना मानिस र ७८५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३०० रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी, अवैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै तीन हजार दुई सय ६१ क्यू।फिट। काठ बरामद गरी ७० लाख ३८ हजार सात सय ८७ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक व्यवस्थापनतर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ५४ हजार तीन सय ९४ वटा सवारी साधनलाई कारवाही गर्दा १५ करोड ९७ लाख ११ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यसरी गत आर्थिक वर्षको श्रावणदेखि असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्दा दर्ता भई ४० करोड ७८ लाख ४२ हजार तीन सय १७ रुपैयाँ राजश्व संकलन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।