इटहरीः नेपाल धितोपत्र बोर्डले आफूसँग भएको लगानीयोग्य नगद ६ महिने मुद्वति खातामा राख्ने भन्दै बैंकहरुसँग आवेदन माग गरेको छ ।
नेपालको धितोपत्र बजारको नियामक सरकारी निकाय धितोपत्र बोर्डले एक सूचना जारी गर्दै आफ्नो लगानीयोग्य पुजीँ मुद्धति खातामा राख्नुपर्ने भएकाले आफूले दिन सक्ने ब्याजसहित आगामी बुधबारसम्म बोर्डको कार्यालयमा आइपुग्नेगरी आवदेन दिन ‘क’ वर्गका बैंकहरुलाई आव्हन गरेको हो ।
बोर्डले नियमपूर्वक परेको आवेदनको छानबिन गरी बुधबार नै निर्णय गरेर कुन बैँकमा आफ्नो मुद्वति खाता खोलिने पनि छिनोफानो गर्ने जानकारी गराएको छ । लगानी गरिने पुँजी कति छ भन्ने बारे भने अहिले केही पनि खुलाइएको छैन ।

















