इटहरीः नेपाली राष्ट्रिय फुटवल टिम पुरुष समुहका मुख्य कोच अवदुल्ला अल मुतायरीले एन्फा छोड्ने भएका छन् ।

मुतायरीले आइतबार आफ्ना समर्थकलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा आफूले पदबाट राजीनामा दिन लागेको बताएका हुन । एक दिनअघि मात्र आफ्नो मुख्य योजना नेपाली फुटबलको विकास गर्नु हो भन्दै उही सामाजिक सञ्जालमा स्टाटस लेखेका मुतायरीले अचानक आइतबार राजीनामा दिने कुरा बाहिर ल्याएका छन् । उनले नेपाली फुटबल छोड्न चाहानुको मुख्य कारण एन्फाका सिनियर भाइस प्रेसिडेन्ट पंकज नेम्वाङ्ख रहेको समेत मुतायरीले सार्वजनिक गरेका छन् ।

नेम्वाङ विगत ३ दिनदेखि मुतायरीलाई बारम्बार टर्चर दिइरहेको उनले सार्वजनिक गरेको फेसबुक स्टाटसमा बताइएको छ । कुवेती नागरिक मुतायरी गत अप्रिल महिनामा एक वर्षका लागि नेपाली राष्ट्रिय टिम पुरुषतर्फको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।