इटहरीः गायक तथा सर्जक गोविन्द चापागाई र रुपा वडाको नयाँ तीज गीत ‘रातो सारीले’ सार्वजनिक भएको छ ।

घनश्याम रिजालको युट्यूबमा अपलोड गरिएको गीतको शब्द तथा लय रिजालकै रहेको छ । श्रीमतिलाई यो वर्ष कोरोनाको कारण रानीहार, नयाँ सारी किन्न नसकिएको र पोहोरकै सारीले टारिएको कुरा गीतमा सुन्न र हेर्न सकिन्छ ।

गीतको म्यूजिक भिडियो होम गुरुङले निर्देशन गरेका हुन् भने एरेन्ज तारानाथ आचार्यले गरेका हुन् । डिजिटल स्टारमा रेकर्ड भएको गीतमा गणेश सापकोटाको छायंकन, सुवास अम्गाईको सम्पादन, सबिन गुरुङको कोरियोग्राफी, राजकुमार गुरुङ र बिपना कुँवरको श्रृङ्गार रहेको छ । ममता आधिकारी र विष्णु भुजेलले गीतमा अभिनय गरेका छन् ।