इटहरीः दिवंगत गायक प्रेमध्वज प्रधानको गीत ति आँखामा...को कभर गायन प्रतियोगिता चलिरहेको छ ।

दिवंगत अग्रज गायक प्रेमध्वज प्रधानप्रति समर्पण गर्दै यो प्रतियोगिता आयोजना आयोजक एसियन म्युजिकले जनाएको छ । यो गीतका लागि १७३ जनाले भिडियो पठाएकोमा अन्तिम प्रतिस्पर्धाका लागि ११ जोडी प्रतियोगी चयन भएका छन् । हालसम्म प्राप्त भएका गायन भिडियोबाट निर्णयक टोलीले उत्कृष्ट ११ जोडीलाई चयन गरेको एसियन म्युजिकका अध्यक्ष ईश्वर गुरुङले जानकारी गराएका छन् । यो प्रतियोगिताका लागि चयन भएका ११ जोडी गायक गायिकामा युनिशा शेर्पा देशार र सुमित श्रेष्ठको जोडी, सिर्जन गुरागाईं र उमेश राउतको जोडी, आयुष्मा महर्जन र सविन महर्जनको जोडी, कुमारी बीसी र सन्दीप केसीको जोडी पनि चयन भएका छन् । यस्तै, अरु जोडीमा सरिता शाही र मनिक शाही, सरल महर्जन र प्रिजा मिश्र, राजिव योगल श्रेष्ठ र कल्पना श्रेष्ठ, अमोगावीर बज्राचार्य र रेजिना बज्राचार्य, जनक घिमिरे र रोनी राजभण्डारी रहेका छन् ।

11

यस्तै, यो प्रतियोगिताका लागि छानिएका अन्य जोडीमा अस्मिता राई र सुरज शाही, सरस्वति मानन्धर र सुरज मानन्धर रहेका छन् । ती आँखामा...गीतमाथि कभर गायन प्रतियोगिताको परिणाम यही २१ साउनमा घोषणा गरिने भएको छ । यो कभर गायन प्रतियोगिताका विजेताले जोडीलाई एसियन म्युजिकले एउटा गीत गाउने अवसर दिनेछ । सो गीतको म्युजिक भिडियो तयार गरेर एसियन म्युजिककै युट्युब च्यानलबाट रिलिज गरिने भएको छ । तीन महिनाअघि दिवंगत भएका अग्रज गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनस्वरुप उनको यो गीतको कभर गायन प्रतियोगिता आयोजना गरिएको आयोजक ईश्वर गुरुङले बताए । डब्बु क्षेत्रीको रचना र जुगल डङ्गोलको संगीतमा तयार भएको यो गीतलाई पाँच वर्षअघि सार्वजनिक गरिएको थियो । गीतलाई अग्रज गायक प्रेमध्वज प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाले गाएका हुन् । जसलाई एसियन म्युजिकबाट रिलिज गरिएको थियो ।