इटहरीः देशका विभिन्न भागमा जारी मनसुनी वर्षाका कारण नदीनालाहरुको जलस्तर बढ्ने भएको छ ।

सप्तकोसी नदीका सातै वटा शाखाहरुमा पानीको बहाव उच्च हुने हुँदा नदी तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । यसका साथै कर्णाली, महाकाली र यसका सहायक नदीहरू तथा नारायणी र यसका सहायक नदीहरुको बहावमा पनि सामान्य परिवर्तन देखिनेछ । आज उदयपुर, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, नुवाकोट, मकवानपुर, गोरखा, लमजुङ, बागलुङ, कास्की, मनाङ, रुकुम पूर्व, रोल्पा, दैलेख, जुम्ला, मुगु, रुकुम पश्चिम, कालीकोट, दार्चुला, बझाङ, बाजुरा, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ ।