लगभग तीनमध्ये एक वयस्क व्यक्ति (४० वर्षभन्दा माथिका) मा एकभन्दा बढी स्वास्थ्य समस्याहरू हुने बेलायतको अध्ययनले देखाएको छ ।

द १९७० ब्रिटिस कोहोर्ट स्टडीले एक हप्तामा इङल्यान्ड, स्कटल्यान्ड र वेल्समा जन्मेका १७ हजार व्यक्तिको एक हप्ताका लागि जीवन ट्रयाक गरेको थियो । बिएमसी पब्लिक हेल्थ पत्रिकामा प्रकाशित अध्ययनका लागि युनिभर्सिटी कलेज लन्डनले तीमध्ये करिब आठ हजारको सर्वेक्षण गरिएको थियो । ४६ देखि ४८ वर्षको उमेरमा ३४ प्रतिशतलाई उच्च रक्तचाप र मानसिक रोगजस्ता दुई वा सोभन्दा धेरै दीर्घकालीन स्वास्थ्य समस्याहरू रहेको अध्ययनले देखाएको छ । त्यस्तै २६ प्रतिशतमा अत्यधिक रक्सी पिउँदा निम्तिएको जोखिम, २१ प्रतिशतमा ढाडको समस्या, १९ प्रतिशतमा मानसिक समस्या र १६ प्रतिशतमा उच्च रक्तचापको समस्या सबभन्दा सामान्य रूपमा रेकर्ड गरिएका स्वास्थ्य समस्याहरू हुन् ।

यसबाहेक अर्थराइटिस, टाइप २ मधुमेह, दम वा ब्रोन्काइटिसको समस्या पनि देखिएको थियो । कम उमेरका मानिसमा समेत धेरै स्वास्थ्य समस्या भएको देखेर प्रमुख अन्वेषक डा. दविद गोन्डेक छक्क र चिन्तित भएका छन् । उनका अनुसार ४० वर्ष कटेसँगै धेरैजसो मानिसहरू पहिले नै बहु दीर्घकालीन शारीरिक र मानसिक–स्वास्थ्य समस्याबाट पीडित छन् । मोटोपनाको समस्या भएकाहरूमा दुबै मधुमेह र उच्च रक्तचाप अधिक सामान्य भएको पाइयो । गरीब पृष्ठभूमि भएका वा किशोरावस्थामा मानसिक समस्या अनुभव गर्नेहरूमा स्वास्थ्य समस्या हुने सम्भावना बढी हुन्छ । विशेषज्ञहरूले सल्लाहअनुसार खानपानमा ध्यान दिएमा, रक्सी तथा धुम्रपान त्यागेमा र नियमित व्यायाम गर्नाले पनि भविष्यमा धेरै फरक पर्न सक्छ । -बीबीसीबाट