इटहरीः चर्चित गायक राजेश पायल राईको स्वरमा‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत र चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सार्वजनिक भिडियोमा विविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु–आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ । केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको मार्मिक भिडियोमा नाट्यकर्म तथा चलचित्रमा सक्रिय कलाकारहरु कमलमणि नेपाल र सरिता गिरीले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुका अलावा भिडियोमा अन्य रंगकर्मी कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ ।

STILL 06

 

भिडियो ‘केशव एस. दाहाल अफिसियल’ युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानहरुमा गरिएको हो । हाल अमेरिकामा बसोबास गरिरहेका केशव शर्मा दाहालले आफ्नै स्वरमा यसअघि ’चौतारीमा बसौँ न पियारी’, ’वँैशैमा लाको पिरति’, लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् । केही दिनअघि मात्र भानु जयन्तिको अवसर पारेर उनको ’भानु तिम्रो रामायणले’ बोलको भजन सार्वजनिक भएको थियो ।