इटहरीः आज देशभरको मौसममा सामान्य बदली देखिएको छ । मनसुनी वायुको प्रभावका कारण प्रदेश १ सहित देशभरका विभिन्न स्थानमा हल्का वर्षा जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । पहाडी भू–भूगमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।