इटहरीः गायक निशान भट्टराई र गायिका नित्याशिवा को आवाज रहेको ”साली कस्को भेनाको” को गीतको भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको संगीत गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफ्नी मायालु प्रेमिकाकी बहिनी र भिनाजुबीचको प्रेम प्रसङ्गलाई गीतमा व्यक्त गरिएको छ । ज्ञानेन्द्र शर्माको छायांकन, प्रवीण भट्टको सम्पादन तथा सुबल थापाको नृत्य निर्देशन र सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियो तयार गरिएको छ ।

गीतको भिडियोमा गम्भीर बिष्ट, गीता ढुंगाना , सूर्य नेपाली, श्रेया सिटौला, सागर पोख्रेल र जिना निरौलाको अभिनय रहेको छ ।