इटहरीः ४ दिन देखि मनाइएको छठ पर्वको विधिवत समापन भएको छ । आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको बिदाइ गरिएको हो ।
निराहार व्रत बसेका श्रदालु भक्तजनले हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरे । आज बिहान उदउँदो सूर्यलाई पूजा गर्दै व्रतको विधिवत रूपमा समापन गरे ।
सूर्य देवताको पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहि आएको छ ।
इटहरीको बुढी खोलामा भेला भएका व्रतालुका तस्बिरहरू ।
तस्बिरः गुरू ढकाल