इटहरीः बीपी अध्ययन प्रतिष्ठान नेपाल, मोरङ जिल्ला कार्यसमितिले चुरे दोहनको विरुद्धमा अभियान चलाउने निर्णय गरेको छ । मोरङको सुन्दरहरैंचामा बसेको प्रतिष्ठानको पहिलो बैठकले चुरे विनाशले वातावरणमा गम्भीर असर गरेको भन्दै दोहन रोक्न माग गर्ने भएको हो ।

प्रतिष्ठानले पहिलो चरणमा वातावरण विज्ञ, प्रदेश सरकार र सम्पूर्ण सरोकारवालासँग छलफल गर्ने भएको हो । त्यसपछि अन्य कार्यक्रम आयोजना गरिने भएको बताइएको छ ।

पछिल्लो समय बढ्दै गएको चुरे दोहनले तराई क्षेत्रमा मरुभूमिकरणको खतरा बढेका कारण अभियान जरुरी रहेको प्रतिष्ठानका अध्यक्ष रञ्जन ओझाले प्रदेश पोर्टललाई बताए ।