इटहरीः रिलायबल इन्स्योरेन्स कम्पनीले एक सय १२ रुपैयाँ प्रिमियमसहित साधारण शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

सामान्यतया प्रतिकित्ता एक सय रुपैयाँमा आईपीओ बिक्री गरिने भएपनि रिलायबलले भने एक सय १२ रुपैयाँ प्रिमियम थपेर २ सय १२ रुपैयाँ प्रतिकित्ता आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग स्वीकृति मागेको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको खण्डमा कम्पनीको शेयर भदौ महिनाको अन्तिमसम्म वा असोजमा निष्कासन हुन सक्ने सम्भावना छ । शिभिल क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिसकेको रिलायबलले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।