इटहरीः नेपाल राष्ट्र बैँकबाट क वर्गको बैँकिङ्ख कारोबार गर्न स्वीकृति पाएको प्रभु बैँकले विभिन्न पदमा जागिर खुलाएको छ ।

देशैभर सञ्चालनमा रहेका र केही नयाँ आउने शाखा कार्यालयको लागि आवश्यक जनशक्ति परिपुर्ति गर्नको लागि बैँकले २ जना अफिसर, ३ जना जुनियर अफिसर, ५ जना सहायक ,केही व्यवस्थापन प्रशिक्षार्थी केही सिएसडी ट्रेनीको रित्त पद पूर्ति गर्नको लागि आवेदनको आव्हान गरेको छ । रिक्त दरबन्दी पूर्तिका लागि न्यूनतम प्लस २ अध्ययन गरेका नेपाली नागरिकले आवेदन दिन पाउने छन् भने अफिसर, जुनियर अफिसर, पदका लागि स्नातक तह र म्यानेजमेन्ट ट्रेनीको लागि भने व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता भएको हुनुपर्ने बताइएको छ । 

कसरी दिने आवेदन
प्रभु बैँकको उक्त रिक्त पदको आवेदन दिनको लागि प्रभु बैँकको वेबसाइटमा गई क्यारियर पेजमा गएर आवेदन दिन सकिने बैँकले जनाएको छ । आवेदन यही अगष्ट महिनाको ९ तारिखसम्म दिइसक्नुपर्ने छ भने हालै कुनै न कुनै बैँक तथा वित्तीय सँस्थामा सोही तह तथा त्योभन्दा तल्लो तहमा काम गरिरहेको तथा सोसरहको कर्मचारीलाई प्राथमिकता दिइने बैँकले जानकारी दिएको छ ।