काठमाडौंः संयुक्त अरब इमिरेट्स (युएई)ले कोरोना भाइरसविरुद्धको खोप लगाएका नेपालीलाई आफ्नो मुलुकमा प्रवेश खुला गरेको छ ।

युएईले आज (बिहीबार)देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । त्यस्तै युएईको भिषा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । साथै युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, स्वास्थ्यकर्मी, विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन्। उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ ।

त्यसरी युएई प्रवेश गर्ने व्यक्तिका हकमा नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य जनस्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने दूतावासले जनाएको छ । -रासस