विराटनगरः देशको आर्थिक, सामाजिक र राजनीतिक योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ ।

अधिकारी नागरिक अभिनन्दन समारोह समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी अभिनन्दन समारोहको तयारी पूरा भएको जानकारी गराएको हो ।

अभिनन्दन समारोह समितिका अध्यक्ष डा. भेषप्रसाद धमलाका अनुसार पहिलो पटक देशको विकासमा योगदान पु¥याउने व्यक्तित्वको अभिनन्दन गर्न ३ सय १ सदस्यीय मूल समारोह समिति गठन भएको छ । त्यस्तै, ३८ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरिरहेको अध्यक्ष धमलाले जानकारी दिए । उनका अनुसार मंसिर १ गते अधिकारीलाई अभिनन्दन गरिनेछ ।