इटहरीः देशभर सक्रिय रहेको मनसुनी वायुका कारण कोसी र यसका सहायक नदीहरूमा आज पानीको बहाव बढ्ने देखिएको छ ।

नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तर खतराको तह भने पार नगर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला, बाग्मति, पूर्वी राप्ति, तिनाउ, पश्चिम राप्ति, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, रुकुम पूर्व, नवलपरासी, कालीकोट, दैलेख, सल्यान, जुम्ला, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केहीमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।