विराटनगरः विश्व मधुमेह दिवसको अवसरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि. विराटनगरले अस्पताल परिसरमा निःशुल्क मधुमेह परामर्श तथा निःशुल्क सुगर जाँच सम्पन्न गरेको छ । हस्पिटलले अन्य सबै जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।

वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरुङ तथा मेडिकल अफिसर डा. साहिलद्वारा स्वास्थ्य परीक्षण गरिएको सो कार्यक्रममा डाइबेटिक काउन्सिलर शेखरप्रसाद प्याकुरेलले मधुमेहको बारेमा जानकारी गराएका थिए । दिवसको अवसर पारी १ सय २७ जनाको सुगर जाँच गरिएको र नेशनल हेल्थकेयरद्वारा निःशुल्क औषधीसमेत वितरण गरिएको जनाइएको छ ।

प्रत्येक शनिबार नियमित गनुपर्ने सुगर तथा थाइराइड जाँचमा अस्पतालले ५० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । १४ नोभेम्बरका दिन विश्वभर मधुमेह दिवस मनाइन्छ ।

biswa madhumeha diwas (2)