इटहरीः मङ्गलबार बेहुलीभन्दा राम्ररी सिँगारिएको बुढी खोलाको बुधबारको दृश्य वैरागलाग्दो थियो । केराको थम्बा, सयपत्री फूल लगायतका शृङ्गार सामग्रीबाट सजिएको बुढी खोलाको स्वरूप २४ घण्टा बित्न नपाउँदै कुरूप देखिएको हो ।

46202223_582666785524104_386564532861927424_n copy 46236715_115054109436149_4938422829382107136_n copy 46176203_495112070976666_5835114754137391104_n 1

छठ पूजास्थल केराका बोट, सयपत्री फूल अनि बनावटी कागजले सजाइएको थियो । पूजाका लागि सजाइएका फूल, केराको बोट लगायतका अन्य पूजाका सामग्रीहरू बुढी खोलामा नै फालिएकाले खोला डम्पिङ साइटजस्तो देखिएको छ ।

पूजा गरिएर फालिएका सामग्रीहरू पानीमै छन् भने कतिपय किनारमा थुपारिएको छ । ‘छठको बेला मात्र सफा देखिन्छ अरु बेला त यस्तै देखिने हो’ खोला छेउको खेतमा काम गर्दै गरेका शरणदेव ऋषिदेवले भने, ‘छठ आउनुभन्दा अगाडि चाहिँ चिटिक्क पार्छन् त्यसपछि त उस्तै हो।’