इटहरीः देशभर जारी मनसुनी वर्षाका कारण कोसीसहित देशका विभिन्न नदीहरुको बहाव बढ्ने देखिएको छ ।

आज सप्तकोसी नदीका सबै सहायक नदीका साथै कर्णाली, कन्काई, कमला, बाग्मति, तिनाउ, पूर्वी राप्ति, पश्चिम राप्ति, बबइ, नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाव बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बहाव बढेपनि जलस्तर खतराको तहमा भने नपुग्ने देखिएको छ ।

प्रदेश १ को इलाम, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, धनकुटा, प्रदेश २ को बारा, बाग्मति प्रदेशको दोलखा, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलाञ्चोकका नदीहरु, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, म्याग्दी, लुम्बिनी प्रदेशका अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु तथा कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान तथा सुदूरपश्चिम प्रदेशको अछाम, कैलाली, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

नदीको जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अपिलसमेत गरेको छ ।