इटहरीः सुनसरीको इटहरीस्थित आइतबारेमा रहेको आरटिआरके होटल स्कुलका सेफ साइकुमार शर्मालाई वल्र्ड मास्टर सेफ सोसाइटीले भारतमा सम्मान गरेको छ ।

गेस्ट्रोनोमी एसोसिएसन इन्डिया च्याप्टरका प्रेसिडेन्ट साथै रोयल बाङ्गाल मास्टरसेफ अर्गनाइजेसनका महासचिवसमेत रहेका सेफ शर्माका अतिरिक्त आर.टि.आर.के. होटल स्कुलका सञ्चालक सेफ प्रेम तुम्बपो, यु.एन. कलेज होटल म्यानेजमेन्ट कोअर्डिनेटर सेफ गगन श्रेष्ठ, गेस्ट्रोनोमी एसोसिएसन नेपालका प्रेसिडेन्ट मास्टरसेफ नारायण थपलिया र सगुन बेकरी क्याफेका फाउन्डर सेफ अमर श्रेष्ठलाई पनि अर्गनाइजेसनले सम्मान गरेको छ । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा आयोजित “फुड खजना म्याग्जिन लन्च तथा सेफ सम्मान कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित सबै अतिथिलाई मेडल, प्रमाणपत्र, सेफ युनिफर्म (पोसाक) र ट्रफी प्रदान गरिएको थियो ।

rb2

उक्त सम्मान कार्यक्रममा वल्र्ड मास्टरसेफ सोसाइटीबाट मास्टरसेफ साइकुमार शर्मालाई वल्र्ड मास्टरसेफ सोसाइटीका इन्डिया क्याप्टर लेजन्ड्री वल्र्ड मास्टरसेफ सेल्भेस्टर रोजारियोले मेडल र प्रमाण पत्र प्रदान गरी सम्मान गरेका थिए । सोही सम्मान कार्यक्रममा नेपालबाट मायाको चिनोस्वरुप लगिएको बुद्धको प्रतिमा आर.टि.आर.के. होटल स्कुलका फाउन्डर सेफ प्रेम तुम्बापोले कार्यक्रमका प्रमुख अतिथि वल्र्ड मास्टर सेफ सेल्भेस्टर रोजारियो ,रोयल बाङ्गाल मास्टरसेफ अर्गनाइजेसनका अध्यक्ष मास्टर सेफ प्रितम सरकारलगायतको लगायतको टिमलाई हस्तान्तरण गरेका थिए । नेपाल र भारतको खाना पर्यटन र साँस्कृतिक पर्यटनको सम्बन्धलाई स्थापित गर्नका साथै प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि कार्यक्रममा सहभागिता जनाएको सेफ तुम्बापोले बताए । यसका साथै नेपालमा होटल म्यानेजमेन्ट तालिम लिने प्रशिक्षार्थीहरुका लागि इन्टर्नसिप तथा रोजगार उपलब्ध गराउने सहकार्यबाट विद्यार्थीहरुलाई सहज हुने उनले बताए । कार्यक्रममा नेपाल भारत दूतका रुपमा ३० वर्ष कार्य गरेका मास्टर सेफ शर्माले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

rb3 rb4