इटहरीः मोरङको बेलबारी नगरपालिकाले कोरोना भाइरसको महामारीबाट हुनसक्ने क्षति नियन्त्रणका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
भदौ १ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जारी गरिएको निषेधाज्ञा अवधिमा जमघटजन्य गतिविधि गर्न नपाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले जानकारी दिए । उनका अनुसार नगर क्षेत्रमा सञ्चालित पसल व्यवसाय बिहान ०५ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।
दुध तथा दुग्धजन्य पदार्थको बिक्री वितरण भने बिहान ०५ः०० बजेदेखि राति ८ः०० बजेसम्म गर्न सकिने उनले प्रष्ट पारे । बैंक तथा वित्तीय संस्था र होटल तथा रेस्टुरेन्ट भने स्वास्थ्य मापदण्ड पालना गरी नियमित रुपमा सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ ।