खोटाङ: खोटाङको श्री जय सरस्वती आधारभूत बिद्यालयको भवन उद्धघाटन भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका ७, ज्यामीरेमा अवस्थित उक्त विद्यालय लामो समय देखी भवन अभावले समस्यामा पर्दै आएको थिए ।

एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष जयप्रसाद राई लगायत व्यक्तित्व सम्मानित भएका थिए । सम्मानित हुनेहरूमा संस्थापक कोषाध्यक्ष जित प्रसाद राई, संस्थापक प्रधानाध्यापक मौल बहादुर राई, जग्गादाता दिनेश बस्नेत, चित्रकुमार राई, र स्व.फौद बाखत्री लगायत ध्यानबहादुर राई, लक्ष्मण राई, दशरथ राई, वीरेन्द्र के.सी, मदनखत्री, पाण्डव राई, रुपेश राई सम्मानित भएकाहुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी गदमसरी राईले रु, १,११,१११ अक्षरेपी एक लाख एघार हजार एक सय एघार रुपैयाँ राशिको अक्षयकोष स्थापना गरेका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले शिक्षाको गुणस्तर वृद्धि ध्यानदिन आग्रह गरे । यो सरकार जनपक्षीय काममा लागेको भन्दै आफू खोटाङको विकास प्रति प्रतिबद्ध रहेको र जनअपेक्षाअनुसार नै काम गर्ने बताए । उनी सँगै बोलेका संस्थापक अध्यक्ष राईले समग्र खोटाङको विकास र सरकारको कामप्रति चित्ता व्यक्त गरेका छन् । उनले विद्यालयको विकासको लागी सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् ।

46326138_371847206917901_7862956809592504320_n