इटहरीः म्युचुअल फण्डहरुले लगातार लाभांश घोषणा गरिरहेकै बेला मेगा क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड निष्कासन भएको छ ।

मेगा म्युचुअल फण्ड १ नाम दिइएको यो म्युचुअल फण्डमा आजदेखि निष्कासन तथा बिक्री खुला गरिएको हो । मेगा क्यापिटलले प्रतिएकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड एकाई फण्ड बिक्री गर्दै छ । कम्पनीले निष्कासन गर्ने भनिएको एकाईमध्ये कुल बिक्री भएको एकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख एकाई कोषको प्रवद्र्धन गर्ने संस्था मेगा बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ८ करोड ५० लाख एकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको छ ।

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । लगानीकर्ताले मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सो फण्डको एकाईमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । ढिलोमा भने भदौ १८ सम्म यसको बिक्री गरिने छ । मेगाले बिक्री गर्न लागेको यो फण्ड १० वर्षे हो । इच्छुक लगानीकर्ताले सि आश्वामा जोडिएका बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमार्फत् घरमै बसेर यो फण्डको लागि आवेदन दिन सक्नेछन् ।