इटहरीः नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयले प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने भएका छन् ।

हालै विश्वविद्यालय र राष्ट्र बैंकले दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्ने भन्दै समझदारी पत्रमा हस्ताक्षरसमेत गरेका छन् । राष्ट्र बैंक व्यवस्थापन विभागका कायममुकायम कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामजी गौतमले हस्ताक्षर गरेको समझदारी अनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्फका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा फेलोसिप उपलब्ध गराउने भएको छ ।

यसैगरी, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ । सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आपैmँमा सकारात्मक सुरुआत रहेको बताएका थिए ।