इटहरीः सर्वोत्तम सिमेन्टको शेयर खरिद काण्डमा इन्साइडर ट्रेडिङ्ग गरेको भन्दै सांसदहरुले नियामक निकायको नेतृत्वमा बसेका धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अध्यक्षलाई कारबाही हुनुपर्ने आवाज उठाएका छन् ।

शुक्रबार बसेको अर्थ समितिको बैठकमा उपस्थित सांसदहरुले भित्री सूचनाको आधारका सर्वोत्तम सिमेन्टको शेयर किनिएको भन्दै सांसदहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रमुख चन्द्रसिंह साउदलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका हुन् । सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर ढुंगानाकी छोरीको नाममा र साउदकी श्रीमतिको नाममा किनेको भेटिएपछि सांसदहरुले दुवै जनालाई निलम्बन गर्दै कारबाही प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् ।

download (3) 3

सर्वोेत्तम काण्डसँगै इन्साइडर ट्रेडिङ हुने गरेकोबारे पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाएर सत्यतथ्य बुझ्न पनि सांसदहरुको माग छ । अघिल्लो अर्थ समितको बैठकमा उपस्थित भएका दुवै नियामक निकायका प्रमुखहरुले आफूहरुले गरेको खरिदबिक्री कानूनी अधिकार भएको भन्दै आफ्नो कर्तुतको बचाउ गरेका थिए ।

2N1mu8e2QPWAm4TgzWvbLk5sAjq7JCiJlOobhgxB 1