तेहरानः इरानमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या फेरि उच्च भएको छ ।

सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणानुसार इरानमा कोरोनाका कारण एक दिनमा ६८४ जनाको मृत्यु भएको छ । योसँगै इरानमा कोरोनभाइरसबाट संक्रमित भएर अहिलेसम्म एक लाख दुई हजार ३८ जनाको मृत्यु भएको छ । त्यसैगरी, भाइरसबाट देशभरि अहिलेसम्म ४६ लाख ७७ हजार ११४ जना संक्रमित भएको इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ४१९ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन् ।

कुल संक्रमितमध्ये अहिलेसम्म ३९ लाख ३२ हजार ४७२ जना संक्रमणमुक्त भएका छन् भने सात हजार ६६२ जना अझै पनि आईसीयूमा रहेका छन् । आइतबारसम्म एक करोड ६७ लाख १७ हजार ६८१ जनाले कम्तीमा एक डोज खोप लगाएका छन् । तीमध्ये ५८ लाख ३० हजार ६५० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । रासस\सिन्ह्वा