बेलबारीकी उपमेयर पराजुली अमेरिकामा सम्मानित

  • भदौ ८, २०७८
  • ३७० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

बेलबारीः मोरङको बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुली अमेरिकामा सम्मानित भएकी छन् ।

अमेरिकाको भर्जिनिया राज्यमा आयोजित एक कार्यक्रममा पराजुलीले नेपाली कला, साहित्य, संगीत र सृजनका क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै उक्त कार्यको प्रशंसा र कदर गर्दै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास)द्वारा उनी सम्मानित भएकी हुन् । विदेशी भूमिमा रहेर नेपाली भाषा र कलाकारिताको विकास प्रवर्द्धनका निम्ति क्रियाशील कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) को अमेरिकास्थित विभिन्न राज्यहरुका कमिटीहरुको मनोनयन, सपथग्रहण एवम् साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका बीच उक्त सम्मान कार्यक्रम भएको संस्थाका अध्यक्ष आनन्दु लामाले बताए ।

samman2

कार्यक्रमकी प्रमुख अतिथि कलाकार साबु गदाल कार्कीले कला क्षेत्रको विकास र उन्नयनका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) को सक्रियता र भूमिका उल्लेखनीय रहेकाले अझ सक्रिय भएर अघि बढ्नुपर्ने बताउँदै सम्मानित सबैलाई बधाई ज्ञापन गरिन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) द्वारा सम्मानित हुन पाएकोमा अत्यन्तै गर्वबोध भएको साथै बाध्यताले विदेशी भूमिमा रहेका नेपाली कलाकारहरुको सक्रियता र गतिशीलताले नेपाली भाषा र कला क्षेत्रको विकासमा ठूलो सहयोग पुगेको साहित्यकार एवम् उपमेयर पराजुलीले बताइन् । कार्यक्रममा विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गर्ने साधकहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

महालक्ष्मी विकास बैक र आर्या ब्युटि आर्टबीच ग्राहकलाई सहुलियत दिने सम्झौता

धरानः आर्या ब्युटि आर्ट एण्ड एकेडेमी र महालक्ष्मी विकास बैंकबीच ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौत ...

खतरा महसुस हुनेबित्तिकै खबर गर्नुहोस्: प्रहरी

काठमाडौँः नेपालीहरूको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । चाडपर्वमा ...

बेन्च–बार द्वन्द्व स् सर्वोच्चले माग्दा बारले एमिकस क्युरी नै पठाएन

काठमाडौँः सर्वोच्च अदालतले संवैधानिक इजलासको संरचनाका विषयमा परेको रिटमा एमिकस क्युरी मागेकोमा नेपाल ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved