बेलबारीः मोरङको बेलबारी नगरपालिकाकी उपमेयर एवम् गीतकार तथा कवियत्री तारा पराजुलीको रचना रहेको तीज गीत म्युजिक भिडियोसहित बुधबार सार्वजनिक भएको छ ।

उपमेयर पराजुलीको रचना रहेको उक्त गीतमा अहिलेकी चर्चित गायिका सरु गौतम र गायक आर सी सापकोटाले स्वर दिएका छन् । हरेक वर्ष भाद्र महिनामा पर्ने नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर बजारमा आउँदै गरेको उक्त गीतको सङ्गीत भीम बीसीले गरेका छन् । यसैगरी, एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । म्युजिक भिडियोमा अहिलेका चर्चित कलाकारहरु मेक्सम खाती, बिना राउत,सोनी महत,कजिश श्रेष्ठ, लगायतका चर्चामा रहेका कलाकारहरुको अभिनय रहेको छ ।चर्चित कलाकारहरुको म्युजिक भिडियोमा प्रस्तुति रहेका कारण उक्त गीतले राम्रोसँग दर्शकको मन जित्ने गायिका सरु गौतमले बताएकी छन् । वर्षेनी नेपाली नारी जगतले गर्वका साथ उल्लासमय ढंगले मनाउने तीज पर्व पछिल्लो समय अनावश्यक भड्किलो हुँदै गएकोले तीज पर्वको मौलिकता र गरिमा जोगाउनुपर्ने गौतमको भनाइ छ ।

240060701_413883433412018_8860020334079243124_n

‘तीज मौलिक र महिलाहरुको स्वतन्त्र र सार्वभौम पर्व बने मात्र यस पर्वको ऐतिहासिक सांस्कृतिक पक्ष जीवित रहने भएकाले सचेतनासँगै मनोरञ्जन पक्षलाई गीतमा समेटिएको(..... गहनापात महँगो साडी चाहिँन्नँ बरु मसिनो मिठो ऋणपान गरि खाइन्नँ बरु झ बरु...)छ ।’उपमेयर एवम् गीतकार पराजुलीले भनिन् । साथै गीतकार तारा पराजुलीले वर्तमान समयमा चर्चामा रहेका गायकगायिकाहरुले गीतमा स्वर दिएको, संगीत क्षेत्रमा सफल संगीतकारद्वारा संगीतबद्ध भएको र प्रतिभाशाली कलाकाकारहरुको अभिनय रहेकोले उक्त गीत सफल बन्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै सबै दर्शक श्रोताहरुलाई उक्त तीज गीतलाई सुनेर हेरेर माया गरिदिन आग्रह गरिन् । तीज गीत वेभ रेकर्डिङ स्टुडियो अनामनगरले रेकर्डिङ गरेको छ । उक्त गीत काठमाडौँमा एक कार्यक्रमबीच सार्वजनिक भएको गायिका गौतमले बताइन् ।