इटहरीः गीत सङ्गीत क्षेत्रमा निकै संघर्ष गरिरहेका पुर्वेली गायक पर्वत शङ्कर र चर्चित गायिका रचना रिमालको स्वरमा तिम्रै मायाले बोलको गीत सार्वजनिक भएको छ ।

निकै सुन्दर युगल गीत ‘तिम्रै मायाले’ को शब्द पर्वत शङ्कर कै रहेको हो भने गीतमा संगीत राम सिटौलाले गरेका हुन् । संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् भने गीत साजन शाहले मिक्सिंग मास्टरिंग गरेका हुन् । हाल स्टुडियोमा गरिएको लिप्सिङ्ग भिडियो पर्वत शङ्कर कै युट्युब च्यानलमार्फत् रिलिज गरिएको हो । उक्त भिडियोको निर्माण सुपरहिट सिनेमा नेपालले गरेको हो ।