इटहरीः प्रसिद्ध गायक तथा सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको वियोगान्त भावको गीत ‘गुनासो’ को भिडिओ सार्वजनिक भएको छ ।

लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाइरहेका गीतकार गोविन्द गिरी ‘प्रेरणा’ को शब्दरचना र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा प्रसिद्ध भारतीय गायक कुमार सानुको स्वर रहेको छ । भिडिओ सङ्गीतकार प्रेमीकै आधिकारिक युट्युब च्यानल ल्बचबजबचष् एचझभभ बाट बजारमा आएको हो । जीबी आग्रीको निर्देशन, डीबी रेउलेको सिनेम्याटोग्राफी र मिन रावलको सम्पादनमा निर्माण भएको यस भिडिओमा असद खान र वविता देवको अभिनय रहेको छ ।

भिडिओमा अधुरो जीवन यात्रा र त्यो परिस्थितिबाट उत्पन्न पीडा देखाइएको छ भने मरेतुल्य जीवन भोगिरहेका नायकले आफ्नी पूर्व जीवन सङ्गिनीलाई सम्झिएर पश्चात्ताप गरेका छन् । यो गीतको फिमेल भर्सन पनि रेकर्ड भइसकेको छ । जसमा दीपिका श्रेष्ठले स्वर दिएकी छन् ।