इटहरीः संघीय सरकारले तिर्नुपर्ने आन्तरिक र बाह्य ऋण १७ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपाल सरकारले लिएको वैदेशिक ऋण ९ सय २७ अर्ब ९३ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ८ सय अर्ब ३२ करोड रुपैयाँ छ । दुवै ऋण जोड्दा देशको थाप्लोमा कुल ऋण १७ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ ऋणको भार पर्न आउँछ । गत आर्थिक वर्षमा मात्र नेपाल सरकारले आन्तरिक ऋण २२४ अर्ब १ करोड रुपैयाँ परिचालन गरेको थियो भने सो अवधिमा ३६ अर्ब ९० करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ ।

यसैगरी, सरकारले १२७ अर्ब १८ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ । गत आर्थिक वर्षमा भएको बैंकिङ्ग कारोबारको आधारमा नेपाल सरकारको वित्तीय स्थिति २६७ अर्ब ९७ करोडले घाटामा छ । अघिल्लो आर्थिक वर्षमा सरकारको वित्तीय स्थिति २६७ अर्ब ४५ करोड रुपैयाँले घाटामा थियो । अघिल्लो आर्थिक वर्षसँग दाँज्दा सरकारको घाटा एकै वर्षमा ५२ करोड थपिएको छ ।

Screenshot 2021-08-27 141511