इटहरीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–८ धितुङमा घाँस काट्ने क्रममा लडेर एक महिलाके मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीया पार्वति राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीय खुरीखोला जङ्गलमा शुक्रबार साँझ घाँस काट्ने क्रममा भीरबाट ३० मिटर तल खसेर गम्भीर घाइते भएकी राईलाई उपचारार्थ हलेसीतर्फ लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।