इटहरीः नेपाली सुगम संगीतमा राम्रो मानिएकी गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “यो भाग्यमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सो गीतमा समिक्षालाई पारदर्शी खरेलले साथ दिएका छन । माया र प्रेमको भावलाई गीतमा चित्रण गरिएको छ । प्रेमील प्रेमी प्रेमिका बीचको प्रेम प्रसङ्घलाई गीतमा समावेस गरिएको छ । जनक विवश न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज गीतमा छ । अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन तथा निशान एस केकोे निर्देशन भिडियोमा छ । गीतको भिडियोमा सुधीर श्रेष्ठ र याङ्गसु श्रेष्ठमो अभिनय रहेको छ ।